macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्रभु बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढ्यो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ४६.७०% ले बढेर १ अर्ब ३ करोड कायम भएको छ ।

गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २९.१५% र ५१.३२% ले बढेको छ ।

यसले गर्दा बैंकको नाफा बढ्न टेवा पुगेको छ । प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

यता, बैंकको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ६२ पैसाले घटेर १७ रुपैयाँ ५७ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २२ रुपैयाँ १९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा छ ।

१७ कात्तिक २०८०, शुक्रवार ०८:०६ बजे प्रकाशित

NTA long ad