सानिमा बैंकले ४८ करोड रुपियाँ नाफा आर्जन
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४८ करोड रुपियाँ नाफा आर्जन गरेको छ ।
बैंकले आज पहिलो त्रैमासको अपस्किृत वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले गत आवको समीक्षा अवधिमा ५४ करोड नाफा कमाएको थियो ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ४६ करोड रुपियाँ र जगेडा कोषमा ५ अर्ब २१ करोड रुपियाँ छ । बैंकले असोज मसान्तसम्म १८५ अर्ब निक्षेप संकलन र १४९ अर्ब कर्जा लगानी गरेको छ । बैंकले १५२ करोड खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १५.२१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५८.८१ रुपियाँ छ । त्यस्तै खराब कर्जा १।७९ प्रतिशत, कस्ट अफ फण्ड ७.९८ प्रतिशत छ । स्प्रेड दर ४ प्रतिशत रहँदा आधार ब्याजदर ९.७५ प्रतिशत र सीडी रेसियो ७६.९६ प्रतिशत छ ।

























