macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिद्धार्थ बैंकको मंसिर ५ गते साधारण सभा आव्हान

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मंसिर ५ गते मंगलबार सिद्धार्थ बैंकले वार्षिक साधारण सभा डाकेको छ । साधारणसभा आम्रपाली व्यांक्वैट बालुवाटार काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त साधारण सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा  नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

१४ कात्तिक २०८०, मंगलवार ०६:५० बजे प्रकाशित

NTA long ad