stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बिदामा पनि बैङ्क खोल्न नेपाल राष्ट्र बैंकको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि नेपाल राष्ट्र बैंकले सबै वर्गका बैङ्कलाई  सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा/काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउस समेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिनुभएको छ ।
सार्वजनिक बिदामा पनि करिब ४ देखि ५ हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको दाबी छ ।

   

prabhu mahalaxmi
kumari