macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल राष्ट्र बैंकको कार्यालय धनगढीबाट झिकियो सवा अर्ब रुपैयाँ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । दसैँका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ । नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउने विभिन्न बैंक तथा वित्तीय संस्थाका कारण राष्ट्र बैंकमा भिड बढेको हो ।

२८ असोजदेखि बुधबारसम्मको चार दिनमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सवा ४ अर्ब रुपैयाँ झिकेका राष्ट्र बैंकको धनगढी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असोज २८ गते ९ करोड, २९ गते ४२ करोड २५ लाख, ३० गते ४२ करोड ६० लाख र कात्तिक १ गते ३२ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले झिकेका छन् ।

बैंकहरूले राष्ट्र बैंकमा जम्मा गरेको रकम ग्राहकहरूको मागअनुसार नै झिकेकाले दसैँमा आर्थिक गतिविधि बढ्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकमा नयाँ नोट साट्नेहरूको घुइँचो नै लागेको छ । असोज २९ गतेदेखि सेवा दिन सुरु गरेकोले बैंकमा दसैँका लागि नयाँ नोट साट्न आउनेहरूको घुइँचो लागेको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेको छ । अहिले दुई वटा काउन्टर राखेर नोट सटही भइरहेको छ । राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम गरिरहेका छन् ।

२ कात्तिक २०८०, बिहीवार १५:२८ बजे प्रकाशित

NTA long ad