citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा, विदेशी मुद्रा सञ्चितिमा पनि सुधार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति दुवै सकारात्मक देखिएका छन् । भदौमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाख डलरले बचतमा रहेको हो ।

यता, भदौमा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यता, साउन महिनामा विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आएको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९५ ले बढेर भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा साउन मसान्तमा २।६ प्रतिशतले वृद्धि भएर १२ अर्ब १ करोड डलर पुगेको छ ।

चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति करिब १ वर्ष २० दिनको वस्तु आयात र करिब १० महिना ११ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.७%, ८६.०% र २६.२% रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६%, ८३.०% र २५.१%रहेका थिए ।

himalayan life insurance
igi long