citizens life insurance long ad
stcnepal long ad
national life

विकास बैंकहरुले पनि ब्याजदर घटाए 

Prabhu Insurance Long Ad

काठमाडौं । कात्तिक महिनाको लागि विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् ।

सार्वजनिक ब्याजदर अनुसार सबै बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा घटेको छ ।

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरे पनि विकास बैंकहरुले भने यसलाई निरन्तरता दिएका छन् ।

कात्तिक महिनाको लागि राष्ट्रियस्तरका सबै विकास बैंकहरुले मुद्दति निक्षेपमा १०.२५% ब्याजदर दिने जनाएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रियको छ भने कर्जा विस्तार हुन सकेको छैन । त्यसैले बैंकहरुलाई ब्याजदर घटाउनुको विकल्प थिएन ।

निक्षेपको ब्याजदरसँगै अब कर्जाको ब्याजदर पनि घट्दै जान्छ । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०% विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार विकास बैंकहरुले कात्तिका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

 

himalayan life insurance
igi long