stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज असोज २६ गते सिटिजन्स बैंकको वार्षिक साधारण सभा 

वार्षिक साधारण सभामा बैंकले ५.७९% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सिटिजन्स बैंकको आज असोज २६ गते शुक्रबार वार्षिक साधारण सभा बस्दैछ । साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

वार्षिक साधारण सभामा बैंकले ५.७९% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, सिटिजन्स बैंकले ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ (कर सहित) नगद लाभांशमा खर्च गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्तिका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्ने एजेन्डा छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १५ गते बुक क्लोज गरिसकेको छ । असोज १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

prabhu mahalaxmi
kumari