stcnepal long ad
global ime bank long

सहयोगी विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंकलाई प्राप्ती गरेको छ । मंगलबार सम्पन्न सिटिजन्स बैंकको पाँचौं विशेष साधारण सभाले सहयोगी विकास बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१ दशमलव ७५ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गर्दै प्राप्ती गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, काठमाडौंमा सम्पन्न भएको विशेष साधारण सभाले सहयोगी विकास बैंक लिमिटेड र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको समेत अनुमोदन गरेको छ ।

जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडको यसअघि जेठ २४ गते, शनिबार सम्पन्न विशेष साधारण सभाले समेत सहयोगी विकास बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

यसै आर्थिक वर्ष भित्रमा सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए।

सहयोगी विकास बैंक प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ । हाल सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ ।

IME Lifesidebar
kumari