stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरविवि मर्चेन्ट बैंकिङ्गको ५औं वार्षिकोत्सव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको विशिष्ठ आथित्यतामा गत बुधबार सम्पन्न भएको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग लि. को ५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँदै यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको तथा लगानी मैत्री वातावरण सृजन गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराए ।
नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुखकार्यकारी अधिकृत चन्द्र सिंह साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि अनलाइन प्रणाली लागु भैसकेको तथा बजारमा सुचिकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटावेस भैरहेको कुरा जानकारी गराए ।
मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रुपैँया बराबरको प्रथमिक सेयर सर्वसाधारण समुहलाई निष्कासन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडसंग सम्झौता भए बमोजिम उक्त निष्कासनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराए ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कम्पनीको ५औं वार्षिकोत्स समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि रा.बा.बैंक जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिएका थिए ।

IME Lifesidebar
kumari