५० लाखभन्दा बढी निक्षेपका लागि मुद्दती खाता खोल्दा प्यान अनिवार्य
बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो ।
काठमाडौं । अब ५० लाखभन्दा बढी निक्षेपका लागि मुद्दती खाता खोल्दा स्थायी लेखा नम्बर .(प्यान) अनिवार्य उल्लेख गर्नुपर्ने भएको छ ।
बिहीबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो ।
संशोधित व्यवस्थाअनुसार इजाजतपत्र प्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाखभन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिनुपर्ने भएको छ ।