macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

माछापुच्छ्रे बैंकको आज २५ औं साधारण सभा

साधारण सभामा बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनको लागि ०.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।  माछापुच्छ्रे बैंकको २५ औं साधारण सभा आज असोज १८ गते बिहीबार बस्दैछ । साधारणसभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनको लागि ०.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको यस साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि साधारण सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।
तसर्थ, असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन पाउने छन् ।

१८ असोज २०८०, बिहीवार ०९:५३ बजे प्रकाशित

NTA long ad