कुमारी बैंकले ल्यायो ‘दशैं र तिहार, परिवारलाई उपहार’ योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार, परिवारलाई उपहार’ योजना सार्वजनिक गरेको छ ।
यस अवसरमा बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो ।
२६ लाखको बीमा सुविधा अन्तर्गत परिवार का ४ जना सदस्यलाई रु एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बीमा तथा एक लाखसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको बैंकले जनाएको छ ।
यसका साथै खाता खोलिएको पहिलो वर्षको लागि लकर सुविधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिटरक्रेडिट कार्ड सुविधा प्रदान गर्न सकिनेछ ।
यस्तै बैंकका अन्य बचत खाताहरूमा रु २० हजारको मेडिकल बीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । बैंकले सानिमा जीआईसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
साथै आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।
१४ असोज २०८०, आइतवार २०:०४ बजे प्रकाशित