stcnepal long ad
ime life insurance
global ime bank long

कुमारी बैंक लिमिटेडले ५ नयाँ शाखा विस्तार

बैंकले बागमती प्रदेशस्थित काठमाडौं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी ५ स्थानमा शाखाहरु सञ्चालनमा ल्याए

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

कुमारी बैंक लिमिटेडले ५ नयाँ शाखा विस्तार
काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले बागमती प्रदेशस्थित काठमाडौं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी ५ स्थानमा शाखाहरु सञ्चालनमा ल्याएकोे हो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पर्याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३०९ एटिएम, ४८ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari