stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न तालिम सञ्चालन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न तालिम सञ्चालन गर्ने भएको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै २५ जना वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न लागिएको जानकारी गराएको हो।

यसका लागि असोज २१ गतेदेखि असोज २६ गतेसम्म तालिम सञ्चालन गरिने बैंकले जनाएको छ। तालिमको मुख्य उद्देश्य वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई तालिमसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान र सीप प्रदान गरी प्रशिक्षकका रुपमा तयार गरी रोस्टर तयार गर्ने रहेको छ।

मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापनमा वा जनप्रशासनमा स्नातकोत्तर तह वा मान्यताप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड अकाउन्टेन्सी संस्थाको सीए, एसीसीए वा सीपीए परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।

वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तीमा १५ वर्षको अनुभव भएका, वित्तीय साक्षरतासँग सम्बन्धित विषयमा अनुभव र विशेष योग्यताप्राप्त गरेका व्यक्तिलाई ग्राह्यता दिइने राष्ट्र बैंकले जनाएको छ।

योग्य व्यक्तिले भदौ २१ गतेसम्म राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध आवेदन फाराम भरी अनलाइन दर्ता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari