citizens life insurance long ad
stcnepal long ad

वुलिंग एयर इभी कार खरिद गर्दा इलेक्ट्रिक साइकल उपहार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इभी नेपाल मोटर्स प्रा.लिले वुलिंग एयर इभी खरिद गर्ने ग्राहकलाई ६० किमी माइलेज दिने बोस्च मोटर्स भएको सामसुंगको इलेक्ट्रिक साइकल नि:शुल्क उपलब्ध गराउने स्किम ल्याएको छ ।

कम्पनीले आफ्नो दुई वर्ष वार्षिकोत्सवको अवसरमा यस्तो योजना ल्याएको हो ।
इभी नेपालले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा विङ ब्रान्डको इलेक्ट्रिक कार बिक्री वितरण गर्दै आइरहेको छ ।

इन्डोनेसिएन कार वुलिंग हाल नेपाली बजार २ र ३ सय किमीको रेन्जमा उपलब्ध छ । वुलिंग इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने, घरमा सजिलै चार्ज गर्न मिल्ने र १ सय रुपैयाँमा ३ सय किमीसम्म माइलेज दिन्छ ।

यो कार चढेपछि खर्चको कम हुने, पेट्रोल हाल्न नपर्ने,सर्भिस र पार्ट्समा खर्च नहुने,वातावरण स्वच्छ हुने लगायतका फाइदाहरु छन् ।

कम्पनीले यो योजना जेठ २३ गतेबाट प्रारम्भ गरेको छ । यदि वुलिंग कार खरिद गर्न चाहेमा नजिकको वुलिंग इलेक्ट्रिक शोरुम नक्साल, राधेराधे, भैसेपाटीमा सम्पर्क गर्न सकिनेछ ।

नेपाली बजारमा राम्रो ब्रान्डको रुपमा वुलिंग एयर इभी कारलाई चिनिन्छ। वुलिंग बहुराष्ट्रिय कम्पनी भएकोले अन्तराष्ट्रिय बजारमा राम्रो बिक्री गरी बजार हिस्सा ओगट्न सफल छ ।

यो कारलाई बजेट कारको रुपमा पनि चिनिन्छ । यदि वुलिंग कार खरिद गर्न चाहेमा ९८०१००२९९४ /९८५१२७४०७५ मा सम्पर्क गर्न सक्नु हुनेछ्र

IME Life
kumari