रोयल इनफिल्ड ‘वान राईड २०२२’ आयोजना हुँदै
काठमाडौं । विश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी “रोयल इनफिल्ड”को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राईड २०२२” कार्यक्रम आयोजन गर्ने भएको छ ।
रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन् ।
वान राईड’ विश्वभर एकैदिन आयोजना गरिन्छ । यस पटकको राईडको नारा स् ‘वान वल्र्ड,वान मिशन,वान राईड’ रहेको छ । ‘वान राईड २०२२’ कार्यक्रम असोज २ गते आईतवार हुनेछ ।
बिहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने बताइएको छ ।
यो राईड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेल तथा (सीएसआर) का कार्यहरुसमेत हुनेछन् ।
(सीएसआर) को कार्यक्रम अनुरुप चित्लाङमा रहेको “श्री कालीदेवी आधारभुत विद्यालय”का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिने बताइएको छ । कार्यक्रममा चित्लाङका वडाध्यक्षको र विद्यालयका प्रधनाधापकसमेतको संलग्नता रहने आयोजकले जनाएको छ ।
‘वान राईड’को पहिलो संस्करण सन् २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राईड आयोजना गर्न थालिएको हो ।
यसरी सुरु गरिएको राईड विश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राईडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबैभन्दा ठुलो कार्यक्रम मानिन्छ ।
विश्वमा देखिएको वातावरणीय, पर्यावरण, मौसममा भएको परिवर्तनका कारण जलचर, थलचर प्रभावित भएको हुदाँ पर्यावरण संरक्षण एवम् दुरदराजसम्म पुगी सहयोग गर्ने उद्देश्य राखेको आयोजकले बताएको हो ।
दुर्गम ठाउँमा पुगेर वातावरण सफा गर्ने, वातावरणीय प्रभावलाई कम गर्न मद्दत गर्ने र हरेक ठाउँलाई राम्रोसँग राख्नुपर्ने सन्देशसँगै छोड्ने अल्फा अटोमोटिभ प्रालिले जनाएको छ ।























