citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिरोका तीन उत्पादन नेपाली बजारमा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन उत्पादनहरूका बीएस– छैठौं संस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ ।

हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरूमा एक्सेन्स प्रविधि जस्ता सुबिधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । तीनले ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्नेछन् भने विविध एवं समग्र रुपमा नयाँ उत्पादनहरूले ग्राहकलाई उत्तम एवं सफा प्रविधि सहितको उत्कृष्ट र आधुनिक उत्पादनहरु उपलब्ध गराउन केन्द्रित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ उत्पादनहरु हिरो मोटोकर्पका शोरुमहरुबाट एक्सपल्स २०० फोरभी रु ४५०,०००, ग्लामर एक्सटेक रु २७६,००० र म्यास्ट्रो एज १२५ रु २६६,००० मा शोरुम मूल्यमा पाइनेछन् ।

हिरो मोटोकर्पले बहुप्रतिक्षित सवारी अनुभव, एक्सट्रायल्स, काठमाडौमा आयोजना गरी उत्साही चालकहरुका एक अद्धितिय एवं विशेष अवसर प्रदान समेत गर्दैछ । यो विशेष प्रकारको आयोजनाले चालकहरुलाई साहसिक एवं किफायती मोटरसाइकल एक्सपल्स २०० फोरभीलाई विशेष तबरले तयार गरिएको कच्चीबाटोमा अनुभव गर्ने एक रोमान्चक अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यो कार्यक्रम भक्तपुरको सल्लाघारीमा चैत २० देखि २३ गतेसम्म संचालन हुनेछ । एक्सट्रायल्सको साथसाथै कम्पनीले एक्सचेन्ज कार्निभल समेत आयोजना गर्दैछ ।

 

himalayan life insurance
igi long