हरेक शनिबार इभि मोटर्स नेपालको एक्सचेञ्ज मेला
काठमाडौं ।Lvneng Scooter को आधिकारिक विक्रेता तथा वितरक इभि मोटर्सले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्म एक्सचेञ्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ ।
यो कार्यक्रममा इच्छुक व्यक्तिहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु १५ हजार सम्म प्राप्त गर्न सक्ने छन् ।
त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेञ्ज गरी नयाँLvneng Scooter खरिद गर्न सकिने छ । यसरी खरीद गरिएको स्कुटरमा रु ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।
Lvneng EV नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको lithium battery लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको छ ।
इभि मोटर्स नेपाल सम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव प्रस्तुत गर्न चाहन्छ किनकि Lvneng स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा रू. ९३००० बचत गर्न सकिने कम्पनीले जनाएको छ ।























