stcnepal long ad
global ime bank long

बजाजको बाह्रबिसेमा नयाँ शोरुम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले सिन्धुपाल्चोकको बाह्रबिसेमा पनि पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड”को उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक विक्री हुने र विश्वाशिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि शोरुम सञ्चालनमा ल्याएको हो ।

बजाजले सोही उद्देश्यलाई सार्थक बनाउन सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडका प्रोपराइटर राजेश श्रेष्ठलाई डिलरसीप प्रदान गरिएको जनाएको छ ।

बजाजले ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम महत्व प्रदान गर्न सधै प्रतिबद्ध रहेको जनाएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताइएको छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गर्दै आएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, हामी बाह्रबिसेमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं ।

हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’

उनले थप भने, ‘बाह्रबिसेमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

IME Lifesidebar
kumari