sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

इण्डोनेसियाबाट यामाहाले नयाँ स्कुटर भित्र्यायो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौं । यामाहा नेपालले इण्डोनेसीयन सिरिजको आफ्नो नयाँ प्रस्तुति ‘एनम्याक्स १५५’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । यामाहाको आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि.ले केही ग्राहकहरुको मागमा यस स्कुटरलाई इण्डोनेसियाबाट नेपालमा आयात गरेको हो ।

कम्पनीका अनुसार एनम्याक्स १५५ मा जडित फ्युल इन्जेक्टेड इन्जिनको विकास यामाहाको अत्याधुनिक प्रविधि ब्लु कोर प्रविधि प्रयोग गरेर गरिएको छ । यो नवीनतम डिजाइनको लक्ष्य बाइकको दहन र चिसोपन दक्षता वृद्धि गर्न तथा, साथै सोही समयमा पावर क्षति कम गर्छ । जसले ग्राहकलाई उच्च द्रूत गतिसहितको तीव्र बेग र इन्धनको खपत कम गर्नमा केन्द्रित गर्ने छ ।

यो स्कूटरमा दिइएको स्लीक ढाँचाको स्पोर्टी बनौट र प्रिमियम डिजाइन हाम्रो स्पोर्टी स्कूटरहरुबाट अत्यन्त प्रभावित भएको पाइन्छ । यसको एकीकृत पृष्ठभागको समाप्तीले एनम्याक्स १५५ लाई स्पोर्टी एवं परिष्कृत बनौट प्रदान गरेको छ जबकि यसमा रहेको बूमराङ्ग साइडको परिकल्पना र केन्द्रीय टनेलले यसको मजबुत यामाहा म्याक्स विरासतको उर्जागर गरिदिन्छ ।

एनम्याक्स १५५ लाई त्यस प्रकारको स्पोर्टी प्रस्तुतकर्ता बनाउनमा यसमा भएको परिवर्तनशील भल्भ प्रवर्तन (भिभिए) प्रणाली नै यसको एक प्रमुख विशेषता हो । फोर भल्भ सिलिण्डर हेडले एक विशेष क्यामशाफ्ट प्रयाेग गर्दछ जसले इन्जिनलाई न्यून र उच्च इन्जिन गतिहरुमा अझ अधिक दक्षताका साथ संचालन हुन, सबै रेभ दायराहरुमा बलियो तीव्रतापूर्ण बेग दिन,र सँगसँगैं राम्रो इन्धन खपत प्रदान गर्न सक्षम बनाउँछ ।

एनम्याक्स १५५ एक अत्यन्त मजबुत र हल्का तौलको ट्युबलर फ्रेमका साथ निर्मित छ, जसले स्पोर्टी सवार र सहज ह्याण्डलिङ्गकासाथ स्थिर ह्याण्डलिङ्ग प्रदान गर्ने कम्पनीले बताएको छ । यसमा दोहोरो सक रियर सस्पेन्सन प्रणाली र मिहीन-कार्यको टेलिस्कोपिक फ्रन्ट फोक्र्स, उच्च विशिष्टिकरण च्यासिस जस्ता विशेषताहरु रहेका छन् ।

बलियो र असरदार रोक्ने कार्य प्रदर्शनको लागि एनम्याक्स १५५ मा २३० मिमि फ्रन्ट डिस्क र २३० मिमि रियर डिस्क सुसज्जित गरिएको छ जसले सहज ब्रेक लगाउनका लागि पर्याप्त अवसर प्रदान गर्दछ । यो उच्च कल्पनाको स्कूटर एबिएस मापदण्ड अनुरुप उपलब्ध छ, जसले तपाईंलाई अझ बढी नियन्त्रणयोग्य ब्रेकिङ्ग पावर प्रदान गर्छ र विभिन्न परिस्थितिहरुमा आत्मविश्वास बढाइदिन्छ । सार रुपको एनम्याक्स १५५ अति कसिलो पार्किङ्ग स्थलमा समेत फिट हुनेछ । लामो आकारको दोहोरो सीटको डिजाइन सुविधाको उच्चतम स्तरको सुनिश्चित्ता दिन गरिएका छ र यसमा पूरा मुहार डाक्ने हेलमेट राख्ने भण्डारण स्थल पनि छ ।

स्कूटरमा भएको कम तौलको कास्ट एलो १३ इन्चको पाङ्ग्राहरुले यसको स्पोर्टी स्टाइल र प्रिमियम स्पेसिफिकेसन र फराकिलो ११०/७०-१३ को अग्र टायर र ठूलो १३०/७०-१७ को पछाडी टायरको खण्डलाई रेखाँकित गर्दछन् ।

हाल कम्पनीले यस स्कुटरकाे मूल्य भने सार्वजनिक गरेकाे छैन ।

gold
kumari bank
nawakantipur long