stcnepal long ad
ime life insurance
national life
global ime bank long

अपग्रेड सहितको मोटरहेड एमएच १५० आर नेपाल आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मोटरहेड एमएच १५० आर बाइक अझै अपग्रेड भएर आउने भएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले इन्जिन र अन्य प्राविधिक कुराहरु समेत अपग्रेड भएर आउने बताएको छ । आगामी मे महिना सम्म सो बाइक नेपाली बजारमा उपलब्ध हुनेछ ।

बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन हुनेछ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर हुनेछ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत हुनेछ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मूल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ । अपग्रेड भएर आए पश्चात एमएच १५० आरको मूल्यमा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइ रहेको छ ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि बिभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् । नेपाल अटो

IME Lifesidebar
prabhu mahalaxmi
kumari