stcnepal long ad
global ime bank long

सिप्रदीले देशव्यापीरुपमा मोटरसाइकल वर्कशपहरुलाई म्याक सर्भमा स्तरोन्नति गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सिरहाको लहान र चितवनमा रहेको मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरेको छ ।

ग्राहकहरुलाई अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा दिने प्रतिबद्धतासहित काठमाण्डौ र पोखरापछि ती ठाउँमा मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरिएको प्रालिले जनाएको छ ।

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्ट्स र सिप्रदीको संयुक्त परियोजना अन्तर्गत लहानचोकमा रहेको शंकर एंड ब्रदर्स आटो पार्ट्स र नारायणगढ़को लायन्सचोकमा रहेको चितवन बाइक सर्भिस सेन्टरलाई म्याक सर्भमा स्तरोन्नति गरिएको हो ।

यो वर्कशपमा ग्राहकहरुले कुनै पनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवाप्राप्त गर्न सक्ने सिप्रदीले जनाएको छ । साथै म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा फेब्रुअरी १५ सम्म यी वर्कशपहरुमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेबर चार्जमा २० प्रतिशत र अन्य पार्टहरुमा १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।

म्याक सर्भमा स्तरोन्नति भएका वर्कशपहरुले विभिन्न ब्राण्डका जेन्युअन पार्टपूर्जाहरु उपलब्ध गराउँदै आइरहेको सिप्रदीको दाबी छ । अहिलेसम्म काठमाण्डौ, पोखरा, लहान र चितवनमा म्याक सर्भको स्तरोन्नति भइसकेको छ भने कोहलपुर, भक्तपुर र इँटहरीमा पनि छिट्टै सुरुवात हुँदैछ ।

IME Lifesidebar
kumari