stcnepal long ad
global ime bank long

सुपर सोको ब्रान्डका इलेक्ट्रिक बाइक तथा स्कुटर बजारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा सुपर सोको ब्रान्डका इलेक्ट्रिक बाइक तथा स्कुटर भित्रिएका छन् । डी–लाइफ स्टाइल्स प्रालिले ‘रिभोल्ट’ नाराका साथ पाँच मोडलका इलेक्ट्रिक बाइक तथा स्कुटर सार्वजनिक गरेको हो ।

सुपर सोको सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक आभूषण ज्योति कंशाकारले समयको माग अनुसार वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन भित्र्याएको बताए ।

कम्पनीले सुपर सोको सीयूक्स, सुपर सोको सीपीएक्स, सुपर सोको टीसी म्याक्स बाइक, सुपर सोको टीसी बाइक र सुपर सोको टीएसएक्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको हो । यी बाइक तथा स्कुटर नेपाली हावापानी र बाटो सुहाउँदो रहेको बिक्री प्रवन्धक हरि दाहालले बताए ।

कम्पनीको शोरुम लाजिम्पाट सांग्रिला होटल अगाडि र लगनखेलमा छ । शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधा सहित सुपर सोको खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari