stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्वभर २०० युनिट मात्र बनेको सीएफमोटो २५० एनके लिमिटेड एडिसन नेपालमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वभर २ सय युनिट मात्र उत्पादन गरिएको सीएफमोटो २५० एनकेको लिमिटेड एडिसन नेपाली बजारमा समेत उपलब्ध भएको छ ।

नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो ।

सीएफमोटो मोटरसाइकलको ३० औं वार्षिकोत्सवको अवसरमा सो लिमिटेड एडिसन बाइक सार्वजनिक गरिएको हो । यसलाई नयाँ ग्राफिक्समा डिजाइन गरिएको छ भने इन्धन ट्यांकीमा सीएफमोटो प्रिन्ट गरिएको छ ।

यसको ह्यान्डलबारमा लिमिटेड एडिसनको १ देखि २०० सम्म नम्बर नै लेखिएको हुन्छ । यसमा गोल्डेन कलरको चेन, कार्वन विन्डसिल्ड, एलईडी डीआरएल हेडलाइट र एल्लो कलरको ह्विल प्रयोग गरिएको छ ।

बाइकमा कलर टीएफटी डिस्प्ले, इन–बिल्ट लाइट सेन्सर, स्टाइलिस एलईडी लाइट, ड्युअल च्यानल एबीएस र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छन् ।

सीएफ मोटो २५० एनके जस्तै अन्य सबै फिचर यसमा उपलब्ध छन् । मेकानिकल परिवर्तन केही गरिएको छैन ।

सीएफ मोटो २५० एनकेमा २५० सीसी सिंगल सिलिन्डर, ४ भल्व लिक्विडकुल्ड इन्जिन जडान गरिएको छ । जसले ९००० आरपीएममा २६।५ बीएचपी र ७५०० आरपीएममा २२ एनएमको पिक टर्क जेनेरेट गर्छ ।

लिमिटेड एडिसन सीएफ मोटो २५० एनकेको मूल्य ५ लाख ५५ हजार ५ सय रुपैयाँ तोकिएको छ । नेपाल अटो

IME Lifesidebar
kumari