citizens life insurance long ad
stcnepal long ad

अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबैंक लि. बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंक लि. बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियत पूर्णकर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको छ ।

यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका Dost model का सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिसतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्ष सम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम

भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

अब आइएमईमोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे  बैंकको जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भयो ।

कर्जा सुविधा मात्र नभई दुवै कम्पनी बिच संयुक्त रुममा Brand Awareness का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो ।

रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

IME Life
kumari