stcnepal long ad
ime life insurance
national life
global ime bank long

शंकर ग्रुपले शुरु गर्‍यो नेपालमै टीभीएसका मोटरसाइकल उत्पादन शुरू गरे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शंकर ग्रुपले एक अर्ब लगानीमा नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट शुरू गरेको छ । नेपालमा आधिकारिकरुपमा टीभीएसका बाइक तथा स्कुटर बिक्री वितरण गर्दै आएको व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोर्टसले यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो ।

कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरू भएको जगदम्बा मोटर्समा उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए ।

अग्रवालका अनुसार प्लान्टमा टिभिएसको सबै रेन्जमा मोटरसाइकल, स्कुटर र तीन पांग्रे सवारीसाधन उत्पादन गर्न सकिने भए पनि पहिलो चरणमा ‘अपाचे १६०’ मात्र उत्पादन गरिएको छ ।

यो प्लानबाट वार्षिक १ लाख दुईपांग्रे र १५ हजार तीनपांग्रे सवारी साधन उत्पादन गर्नसक्ने क्षमता रहेको अग्रवालले जानकारी दिए। उनकाअनुसार यो प्लान्टमा हाल १ सय जना दक्ष जनशक्तिले रोजगारी पाइरहेका छन् भने प्लान्टको क्षमताअनुसार उत्पादन गर्नसके अरु धेरैले रोजगारी पाउनेछन् ।

नेपालमै उत्पादन गरिए पनि सरकारले एसेम्बल प्लान्टलाई खासै सुविधा नदिएको कारण ग्राहकले तत्काल सहुलियतको महशुस गर्न नपाउने उनले बताए ।

एसेम्बल प्लान्टको लागत तत्काल उठ्न नसके पनि यसले अरु उद्योगको सम्भावना बढाउने अग्रवालको तर्क छ । हाल सबै पाट्स बाहिरबाट ल्याउने भएपनि एसेम्बल प्लान्ट खुलि सकेपछि विभिन्न पार्ट्स उत्पादनको लागि बाटो खुल्ने उनले बताए ।

IME Lifesidebar
kumari