stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिरोको परिस्कृत सुरक्षा विशेषता सहित सुपर स्प्लेन्डर बजारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमा ण्डौं  । मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादन प्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याउँदै बिहिबारबाट अत्याधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ ।

सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको छ । आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम बनाउँछ । यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षाको सुनिश्चितत दिन्छ ।

सुपर स्प्लेन्डर अब (आईबीएस) सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा १ लाख ९८ हजारमा ९सेल्फ ड्रम एलोय व्हील० उपलब्ध हुनेछ ।

यो भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो ।

यसको टिप्पणी गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने, “नेपालमा हाम्रा ग्राहकहरूका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ ।

सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकलमध्ये एक हो र यो भावना र ब्रान्डप्रतिको विश्वास यस मोटरसाइकलको लागि मात्र बढ्नेमा हामी विश्वस्त छौं, जुन अब पहिलेभन्दा सुरक्षित छ ।”

आईबीएसको साथ सुपर स्प्लेन्डर प्रदर्शन

सुपर स्प्लेन्डर विश्वास, विश्वसनीयता र इन्धन दक्षताका अलावा आफ्नो प्रदर्शन र टिकाउपनका सबै बक्समा चिन्हित भएर सबै ब्रान्डमा भिन्न बनेको छ । यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी ईन्जिनको साथ आउँदछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू ९९.० बीएचपी०को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ ।

सवारी र नियन्त्रण

सुपर स्प्लेन्डर ९० किमी प्रति घण्टाको अधिकतम गतिसम्म कुद्छ । यसमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, ठूलो क्षमताको ईन्धन ट्यांकी (१३ लिटर)( र अगाडि ट्यांकीमुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्स राखिएको छ ।

भाइब्रेन्ट लुक

सुपर स्प्लेन्डर आधुनिक ग्राफिक्सको साथ पाँच प्रिमियम मेटालिक रंग–ब्लयाक विथ गे, क्यान्डी ब्लेजिङ रेड, ब्लयाक विथ रेड स्ट्राइप्स, ब्लयाक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे मा उपल्ब्ध छ ।

IME Lifesidebar
kumari