citizens life insurance long ad
stcnepal long ad

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाले शुक्रबार रोकिएका हवाई उडान फेरि सुरु गरेको छ। अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण पुराना प्राविधिक उपकरणमा आएको समस्या हो। यसको साइबर आक्रमण वा माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।

यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिए। यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने उनले बताए।

डफीका अनुसार एयर ट्राफिक कन्ट्रोल प्रणालीका पुराना स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह हुँदा उपकरणहरूले काम गर्न छाडेका थिए।

घटनाभन्दा एक दिनअघि मात्रै अमेरिकी सरकारले हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि संसद्सँग ३० अर्ब अमेरिकी डलर बजेट माग गरेको थियो।

यसैबीच, होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण नरहेको बताए। उनले माइक्रोसफ्टको सेवा अवरोधसँग पनि यसको सम्बन्ध नरहेको स्पष्ट पारे।

यद्यपि सुरक्षा निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए। अधिकारीहरूले हवाई यात्रा सुरक्षित रहेको पनि आश्वस्त पारेका छन्।

IME Life
kumari