stcnepal long ad
global ime bank long

किया सोनेट अब हाइब्रिड पावरट्रेनमा पनि आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कियाले भारतीय बजारका लागि आफ्ना लोकप्रिय मोडलहरू सोनेट र कारेन्स क्लाभिसलाई हाइब्रिड पावरट्रेनमा समेत ल्याउने पुष्टि गरेको छ ।

सन् २०२६ को सिइओ इन्भेस्टर डे कार्यक्रममा बोल्दै कियाका अध्यक्ष तथा सिइओ हो सुङ सोङले सन् २०२७ देखि सोनेट, कारेन्स र सेल्टोसजस्ता प्रमुख मोडलहरूमा हाइब्रिड प्रविधि विस्तार गरिने जानकारी दिएका हुन् ।

कम्पनीका अनुसार, दोस्रो पुस्ताको किआ सोनेटलाई के–१ प्लेटफर्ममा आधारित बनाएर हाइब्रिड विकल्पमा ल्याइनेछ, जुन प्लेटफर्म हाइब्रिड र इलेक्ट्रीक दुवै प्रणालीका लागि उपयुक्त छ ।

त्यसैगरी नयाँ पुस्ताको कारेन्स क्लाभिसमा पनि सेल्टोस हाइब्रिडमै प्रयोग हुने प्रविधि राखिने अपेक्षा गरिएको छ । यसका साथै कम्पनीले साइरोस र सेल्टोसको बीचमा रहने गरी नयाँ बी–सेग्मेन्ट इलेक्ट्रीक एसयूभी समेत स्थानीय रूपमै विकास गर्ने योजना सार्वजनिक गरेको छ ।

IME Lifesidebar
kumari