stcnepal long ad
global ime bank long

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ को पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्सपो२०२६’ को भव्य उद्घाटन भएसँगै पहिलो दिन नै २९ हजार भन्दा बढीले एक्सपो अवलोकन गरेका छन् ।

नाइमाले एक विज्ञप्ति मार्फत भनेको छ पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । त्यस्तै २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

एक्सपोको पहिलो दिन मंगलबार Investment and Foreign Direct Investment (FDI): Mobilizing–Fuel for Economic Growth विषयमा छलफल भएको छ ।

पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्यले प्यानलिस्टका रुपमा सहभागिता जनाएका छन् । मंगलबारको Learning Session मा मात्रै तीन सयभन्दा बढीले सहभागिता जनाएका छन् ।

एक्सपो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वाराLearning Sessions, Policy Dialogues and Industry Interactions जस्ता कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

कार्यक्रममा Basic Life Support and Immediate Care After Road Traffic Accidents विषयमा ग्रान्डी इन्टरनेसलन हस्पिटलका तर्फबाट जानकारीमूलक विशेष प्रस्तुति दिइएको थियो ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्सपो ६ दिन अर्थात् साउन ३१ सम्म चल्नेछ ।

एक्सपोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्सपोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

IME Lifesidebar
kumari