stcnepal long ad
global ime bank long

टाटाको नयाँ इलेक्ट्रिक एसयूभी परीक्षणका क्रममा देखियो, सन् २०२७ मा लन्च हुने सम्भावना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

टाटा मोटर्सको लग्जरी इलेक्ट्रिक एसयूभी अभिन्या एक्स भारतीय सडकमा परीक्षणका क्रममा देखिएको छ। सन् २०२२ मा कन्सेप्ट मोडलका रूपमा पेश गरिएको सो गाडी अब उत्पादनका लागि अन्तिम चरणमा पुगेको छ ।

परीक्षणका क्रममा यसको सबै बडी पार्ट ढाकिएको भए पनि यसको डिजाइनबारे केही महत्वपूर्ण जानकारी सार्वजनिक भएको छ।

परीक्षणका क्रममा देखिएको मोडल आधुनिक, आकर्षक र स्पोर्टी शैलीको रहेको छ। उपलब्ध जानकारीअनुसार यसमा लामो ह्विलबेस, केही होचो छाना र पछाडिको भाग कुपे शैलीमा डिजाइन गरिएको छ । अभिन्या एक्स टाटाको हालसम्मकै सबैभन्दा प्रिमियम र लग्जरी इलेक्ट्रिक एसयूभी भएको अनुमान गरिएको छ ।

नयाँ अभिन्या एक्स टाटाका अन्य इलेक्ट्रिक मोडलभन्दा फरक हुने अपेक्षा गरिएको छ। रिपोर्टका अनुसार यो फ्रिल्यान्डर प्लेटफर्ममा आधारित हुने सम्भावना रहेको छ। कम्पनीले यसको इलेक्ट्रोनिक्स र सफ्टवेयर सिस्टममा आवश्यक परिमार्जन गर्ने बताइएको छ।

अभिन्या एक्समा ७५ किलोवाट आवरदेखि ९५ किलोवाट आवरसम्म क्षमताको ठुलो ब्याट्री प्याक उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । यसले फुल चार्जमा करिब ६०० देखि ७०० किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ ।

यसको टप मोडलमा २ वटा विद्युतीय मोटरसहितको एल ह्विल ड्राइभ सिस्टम हुनेछ, जसले करिब ३०० देखि ४०० पीएससम्म पावर उत्पादन गर्न सक्नेछ।

यसको इन्टेरियरमा आकर्षक ड्यासबोर्ड, ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र यात्रुका लागि प्रशस्त ठाउँ उपलब्ध हुने विश्वास गरिएको छ। साथै, यसमा एड्भान्स कनेक्टेड कार टेक्नोलोजी, एडास जस्ता ड्राइभर असिस्टेन्स फिचर समावेश हुने सम्भावना रहेको छ।

भारतीय बजारमा लन्च भएपछि यसले बीवाईडी सिलायन ७, किया ईभी६ र हुन्डाई आयोनिक ५ जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। कम्पनीले सो एसयूभी सन् २०२७ मा लन्च गर्न सक्ने अनुमान गरिएको छ।

IME Lifesidebar
kumari