stcnepal long ad
ime life insurance
national life
global ime bank long

अर्को वर्ष भारतमा ४ नयाँ एसयूभी लन्च गर्ने हुन्डाई मोटर्सको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

हुन्डाई मोटर इन्डियाले भारतमा आफ्नो एसयूभी पोर्टफोलियो विस्तार गर्ने ठुलो योजना बनाएको छ। कम्पनीले सन् २०३० मार्चसम्ममा २६ वटा नयाँ मोडल लन्च गर्ने घोषणा गरिसकेको छ । कम्पनीले हालै नयाँ भेन्यू, नयाँ भर्ना, एक्स्टर र आयोनिक ५ जस्ता मोडल ल्याइसकेको छ। अब, सन् २०२७ सम्म भारतमा थप ४ वटा नयाँ एसयूभी ल्याउने तयारी गरिरहेको छ ।

हुन्डाई बायोन : हुन्डाई बायोन युरोपेली बजारमा उपलब्ध छ । सो मोडल भारतमा पनि लन्च गर्ने अपेक्षा गरिएको छ । भारतमा यो मध्यम आकारको एसयूभी हुनेछ, जसले मारुती भिक्टोरिससँग प्रतिस्पर्धा गर्नेछ ।यसमा नयाँ १.२-लिटर टर्बो पेट्रोल इन्जिन हुने सम्भावना छ। साथै, कम्पनीले १.०-लिटर टर्बो पेट्रोल वा १.५-लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन विकल्प पनि दिन सक्ने सम्भावना रहेको छ ।

हुन्डाई एचईवनआई : एचईवनआई हुन्डाईको नयाँ इलेक्ट्रिक एसयूभीको कोडनेम हो। यसमा दुई ब्याट्री प्याक विकल्पहरू हुने अपेक्षा गरिएको छ, जसमा एक्साइड इनर्जीबाट प्राप्त एलएफपी ब्याट्री सेल समावेश छ। डिजाइनको हिसाबले यो बक्सी एसयूभी लुक, फ्लश डोर ह्यान्डल र हुन्डाईको सिग्नेचर प्यारामेट्रिक पिक्सेल लाइटिङ हुने अपेक्षा गरिएको छ। सो इलेक्ट्रिक एसयूभी २०२७ को पहिलो त्रैमासिकमा लन्च हुन सक्छ।यसले टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ जेनेरेशन हुन्डाई क्रेटा: हुन्डाईले नयाँ पुस्ताको क्रेटा पनि भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ। सो मोडल हालको मोडल भन्दा ठुलो, स्पोर्टी र फ्युचरिस्टिक डिजाइनमा आधारित हुनेछ। यो नयाँ के३ प्लेटफर्ममा आधारित हुनेछ ।

यसको क्याबिनमा ९.९ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र गुगल बिल्ट-इन जस्ता फिचर हुने अपेक्षा गरिएको छ। नयाँ क्रेटा २०२७ को मध्यमा लन्च हुने अपेक्षा गरिएको छ।

हुन्डाई एनआईवनआई: हुन्डाईले नयाँ एसयूभी एनआईवनआई पनि विकास गरिरहेको छ । यो कम्पनीको नयाँ थ्री रो एसयूभी हुनेछ ।

रिपोर्टका अनुसार सो एसयूभी टक्सन लङ ह्विलबेस प्लेटफर्ममा आधारित हुनेछ। यसमा १.५-लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनको साथमा हाइब्रिड पावरट्रेन हुने अपेक्षा गरिएको छ। सो नयाँ हाइब्रिड एसयूभी २०२७ को अन्त्यसम्ममा भारतीय बजारमा लन्च हुने सम्भावना रहेको छ ।

IME Lifesidebar
kumari