stcnepal long ad
ime life insurance
national life
global ime bank long

मारुती सुजुकीको भारतमा पहिलो फ्लेक्स–फ्युल कार वागन आर सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मारुती सुजुकीले आफ्नो पहिलो फ्लेक्स-फ्युल कार वागन आर सार्वजनिक गरेको छ । सो कार इन्डिया ग्यास फ्लेक्स कार्यक्रमका क्रममा केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सार्वजनिक गरेका हुन् ।

नयाँ वागन आर फ्लेक्स-फ्युलको सबैभन्दा विशेष पक्ष यसको इन्टरनल कम्बसन इन्जिन हो, जसले पेट्रोल तथा ८५ प्रतिशत इथानाेल र १५ प्रतिशत पेट्रोलको मिश्रण भएको ई८५ दुवैमा पूर्ण क्षमतामा काम गर्न सक्छ ।

कम्पनीका अनुसार इथानाेल प्रयाेगमा सेफ्टीका लागि फ्युल सिस्टम, इन्जिनका कम्पोनेन्टस् र इलेक्ट्रोनिकलाई विशेष रूपमा परिमार्जन गरिएको छ। यसले कारको कार्बन उत्सर्जन घटाउनुका साथै पेट्रोल खर्च पनि तुलनात्मक रूपमा कम गर्न सक्ने कम्पनीको दाबी छ।

कार्यक्रममा बोल्दै गडकरीले वायु प्रदूषणलाई देशको गम्भीर स्वास्थ्य चुनौतीको रूपमा उल्लेख गरे। उनले स्वच्छ इन्धनतर्फको संक्रमण अब विकल्प नभई आवश्यकता बनिसकेको बताए।

उनका अनुसार यातायात क्षेत्रबाट मात्र देशको कुल वायु प्रदूषणको करिब ४० प्रतिशत हिस्सा आउँछ। उनले फ्लेक्स-फ्युल सवारी साधनको विस्तारले प्रदूषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।

भारतको अटोमोबाइल उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ । हाल यसको आकार करिब १२ लाख करोड भारुबाट बढेर २३ लाख करोड भारु पुगेको छ ।

भारत अहिले विश्वको तेस्रो ठुलो अटोमोबाइल बजार बनिसकेको छ । साथै भारतीय अटोमोबाइल उद्योगले करिब ४ करोड ५० लाख युवालाई रोजगारी दिइरहेको छ ।

मारुती सुजुकीले कार्बन उत्सर्जन घटाउन बहु-मार्ग रणनीति अपनाएको छ। कम्पनीले इलेक्ट्रिक भेइकल, हाइब्रिड, सीएनजी, फ्लेक्स-फ्युल र कम्प्रेस्ड बायोग्यास प्रविधिमा समानान्तर रूपमा काम गरिरहेको छ। कम्पनीले ९ वटा कम्प्रेस्ड बायोग्यास प्लान्ट स्थापना गर्ने योजना पनि अघि बढाएको र तीमध्ये दुई सञ्चालनमा आइसकेको छ ।

IME Lifesidebar
kumari