‘जिली ईएक्सफाइभ म्याक्स’ किन्दा अफरै–अफर
काठमाडौं। एलआरआर मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘जिली ईएक्सफाइभ म्याक्स’ मा विशेष बिक्री योजना ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ सार्वजनिक गरेको छ।
चैत १, २०८२ देखि वैशाख ७, २०८३ सम्म लागू हुने यो योजना अन्तर्गत सो अवधिभित्र ‘जिली ईएक्सफाइभ म्याक्स’ खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहार तथा सुविधाहरू प्राप्त गर्नेछन्।
ग्राहकलाई विशेष अनुभव प्रदान गर्ने उद्देश्यले ६ रात ७ दिनको थाइल्याण्ड भ्रमण (२ जनाका लागि) सहितका विशेष लाभ समावेश गरेको कम्पनीले जनाएको छ।
यसका अतिरिक्त कम्पनीका अनुसार यो विशेष योजना अन्तर्गत ग्राहकले ‘जिली ईएक्सफाइभ म्याक्स’को खरिदमा स्मार्ट कफी मेसिन, एडप्टेबल चार्जर, आकर्षक नगद छुट, ह्यासल–फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क अटो प्लस इन्सुरेन्स तथा १ वर्षको निःशुल्क सडक कर जस्ता सुविधाहरू पनि प्राप्त गर्नेछन्।
एलआरआर मोटर्स प्रालिका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठले नयाँ वर्षमा ग्राहकहरूलाई अझ विशेष अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको बताए ।
कम्पनीले अत्याधुनिक प्रविधि, सुरक्षा र प्रिमियम अनुभव प्रदान गर्ने लक्ष्यसहित ‘जिली ईएक्सफाइभ म्याक्स’ विद्युतीय एसयूभी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

























