ग्यालेक्सी ई५ काठमाडौं आईपुग्यो,अर्को हप्ता लन्च हुने

काठमाडौं । जिलीको प्रतिक्षित बिद्युतिय एसयुभी ग्यालेक्सी ई५ काठमाडौं आइपुगेको छ । नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले ग्यालेक्सी ई५ को दुई भेरिएन्ट नेपाल ल्याएको हो । यो बिद्युतिय कार आगामी हप्ता लन्च हुने कम्पनी स्रोतको भनाई छ ।
ग्यालेक्सी ई५ प्रो र म्याक्स गरी दुई भेरिएन्टमा आएको हो । दुबै भेरिएन्टमा ६०।२२ किलोवाट आवरको ब्याट्री प्याक र १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।
एलआरआर मोटर्सले भन्सार प्रयोजनका लागि भनेर यसअघि नै यसको मूल्य तोकिसकेको छ । जसअनुसार, ग्यालेक्सी ई५ को मूल्य क्रमशः ५८ लाख र ६८ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
एलआरआर मोटर्सले जिली ब्रान्डका गाडी बिक्री गर्न भनेर काठमाडौंको गैह्रिधारमा अत्याधुनिक नयाँ शोरुम तयार पारिरहेको छ । साथै, आगामी नाडा अटो शोमा समेत यी कार प्रदर्शन गर्ने कम्पनीको योजना छ ।