stcnepal long ad
ime life insurance
national life
global ime bank long

हुन्डाई क्रेटा अव हाइब्रिड पावरट्रेनमा पनि आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय एसयुभी क्रेटालाई हाइब्रिड पावरट्रेनमा समेत उतार्ने भएको छ । हाल यसको थर्ड जेनेरेशन तयार हुने क्रममा रहेको र सोहि जेनेरेशन हाईब्रिड भर्सनमा समेत उपलब्ध हुने कम्पनीले जनाएको हो ।

नयाँ जेनेरेशन क्रेटा २०२७ मा डेब्यू हुने अपेक्षा गरिएको छ । यो लोकप्रिय एसयूभी पेट्रोल, डिजेल र पेट्रोल–हाइब्रिड इन्जिनको साथ आउनेछ ।

नयाँ क्रेटासंगै किया सेल्टोसले पनि सोहि पावरट्रेन पाउने बताइएको छ । यसमा १.५ लिटर क्षमताको ४ सिलिन्डरयुक्त इन्जिनलाई हाइब्रिड प्रणालीसँग जोडिनेछ । साथै सो नयाँ जेनेरेशन १.५ लिटर पेट्रोल, १.५ लिटर  डाइरेक्ट–इन्जेक्शन टर्बो–पेट्रोल र १.५ लिटर डिजेल इन्जिन समेत उपलब्ध हुनेछ ।

क्रेटा इलेक्ट्रिक भने हालकै जेनेरेशनमा उपलब्ध हुने र २०२७ मा मिड–लाइफ फेसलिफ्ट प्राप्त गर्ने बताइएको छ । हुन्डाई मोटर्सले क्रेटा ईभीमा ठूलो ब्याट्री प्याक दिएर अपडेट गर्ने अनुमान गरिएको छ ।

IME Lifesidebar
kumari