हुन्डाई क्रेटा अव हाइब्रिड पावरट्रेनमा पनि आउने

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय एसयुभी क्रेटालाई हाइब्रिड पावरट्रेनमा समेत उतार्ने भएको छ । हाल यसको थर्ड जेनेरेशन तयार हुने क्रममा रहेको र सोहि जेनेरेशन हाईब्रिड भर्सनमा समेत उपलब्ध हुने कम्पनीले जनाएको हो ।
नयाँ जेनेरेशन क्रेटा २०२७ मा डेब्यू हुने अपेक्षा गरिएको छ । यो लोकप्रिय एसयूभी पेट्रोल, डिजेल र पेट्रोल–हाइब्रिड इन्जिनको साथ आउनेछ ।
नयाँ क्रेटासंगै किया सेल्टोसले पनि सोहि पावरट्रेन पाउने बताइएको छ । यसमा १.५ लिटर क्षमताको ४ सिलिन्डरयुक्त इन्जिनलाई हाइब्रिड प्रणालीसँग जोडिनेछ । साथै सो नयाँ जेनेरेशन १.५ लिटर पेट्रोल, १.५ लिटर डाइरेक्ट–इन्जेक्शन टर्बो–पेट्रोल र १.५ लिटर डिजेल इन्जिन समेत उपलब्ध हुनेछ ।
क्रेटा इलेक्ट्रिक भने हालकै जेनेरेशनमा उपलब्ध हुने र २०२७ मा मिड–लाइफ फेसलिफ्ट प्राप्त गर्ने बताइएको छ । हुन्डाई मोटर्सले क्रेटा ईभीमा ठूलो ब्याट्री प्याक दिएर अपडेट गर्ने अनुमान गरिएको छ ।