stcnepal long ad
global ime bank long

आकर्षक लुक र प्रिमियम सुविधासहित नयाँ स्पोर्टी अवतारमा आउँदै होन्डा सिटी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

होन्डा कार्स इन्डियाले भारतीय बजारमा होन्डा सिटीको नयाँ संस्करण लन्च गर्ने तयारी गरेको छ। कम्पनीले यसको टिजर पनि जारी गरिसकेको छ, जसमा !”आफ्नो सिट बेल्ट कस्नुहोस् र स्पोर्टी जीवनको लागि तयार हुनुहोस्। सम्पर्कमा रहनुहोस्! भन्ने सन्देश उल्लेख गरिएको छ। यद्यपि, कम्पनीले अन्य कुनै विस्तृत जानकारी भने खुलाएको छैन।

नयाँ होन्डा सिटी स्पोर्टी एडिसनलाई टप(स्पेक जेडएक्स ट्रिम लेभलमा राखिने सम्भावना छ। यस विशेष संस्करणमा मुख्यतया कस्मेटिक अपग्रेड समावेश गरिनेछ ।

यसको बाहिरी भागमा केही स्पोर्टी एलिमेन्ट कालो ट्रिम, कालो ओआरभीएम र कालो लिप स्पोइलर समावेश गरिनेछ ।

स्पोर्टी एडिसनको भित्री भागमा पनि स्पोर्टी अनुभव प्रदान गर्न विशेष ध्यान दिइएको छ। यसको ड्यासबोर्ड, सिट अपहोल्स्ट्री, सेन्टर कन्सोल, र अन्य भित्री एलिमेन्टमा स्पोर्टी रातो रङका एक्ससेन्ट पाइन सक्ने अपेक्षा गरिएको छ। स्टेयरिङ ह्विल, गियर सेलेक्टर र सिट अपहोल्स्ट्रीमा पनि रातो स्टिचिङ देख्न सकिन्छ ।

नयाँ होन्डा सिटी स्पोर्टी एडिसनमा १.५ लिटरको नेचुरल्ली एस्पिरेटेड ४(सिलिन्डर पेट्रोल इन्जिन दिइनेछ, जसले १२० पीएसको अधिकतम पावर र १४५ एनएमको अधिकतम टर्क उत्पन्न गर्नेछ। यसको इन्जिनलाई ५ स्पिड म्यानुअल वा सीभीटी गियरबक्ससँग जोडिनेछ।

भारतीय बजारमा सो गाडीले फक्सवागन भर्टस, स्कोडा स्लाभिया र हुन्डाई भरना जस्ता सी(प्लस सेगमेन्ट सेडानसँग प्रतिस्पर्धा गर्नेछ ।

IME Lifesidebar
kumari