stcnepal long ad
himalayan life insurance long ad

हुन्डाईले नयाँ इलेक्ट्रिक सेडान ‘आयोनिक ६ एन’ सार्वजनिक गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

हुन्डाई मोटर कम्पनीले आफ्नो आगामी नयाँ इलेक्ट्रिक गाडी आयोनिक ६ एनको पहिलो झलक दिएको छ। टिजरमा यसको उत्कृष्ट स्टाइलिङ र मोटरस्पोर्टप्रेरित डिजाइनलाई उजागर गरेको छ । कम्पनीले जुलाईमा गुडवुड फेस्टभल अफ स्पिडमा आयोनिक ६ एनको विश्वव्यापी डेब्यु गर्ने घोषणा गरेको छ।

आयोनिक ६ सेडान एन ब्याज्ड भेरिएन्टको अपग्रेड संस्करण हो । टिजरमा यसको फराकिलो फेन्डर, आकर्षक रियर विङ र एकीकृत डकटेल स्पोइलर देखाइएको छ । कम्पनीले यसमा आयोनिक ५ एनको ड्युअल मोटर, अल ह्विल ड्राइभ पावरट्रेन प्रयोग गर्ने अपेक्षा गरिएको छ।

यसको डिजाइनले हुन्डाईको फ्युचरिस्टिक लुकलाई निरन्तरता दिएको छ, जसमा पिक्सेल(थीम्ड लाइटिङ, स्कल्प्टेड बडी प्यानल र विस्तारित ह्विल आर्चका साथै उच्च प्रदर्शन रबर जस्ता विशेष ुएनु टच समावेश छ । सो सेडान कारमा ड्रिफ्ट(एबिलिटी पनि हुनेछ ।

कम्पनीले आयोनिक ६ एनलाई बीएमडब्ल्यू आई४ एम५० र टेस्ला मोडल ३ परफर्मेन्स जस्ता गाडीको प्रतिस्पर्धी मूल्यमा लन्च गर्न सक्ने अनुमान गरिएको छ । यसमा मूल्य १ करोड रुपैयाँ भन्दा बढी नै हुने अनुमान छ ।