टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च

टीभीएस मोटरले आफ्नो लोकप्रिय पर्फर्मेन्स बाइक सिरिज अपाचेको २० औं वर्षगाँठको अवसरमा नयाँ २०२५ संस्करणको अपाचे आरटीआर २०० ४भी भारतमा लन्च गरेको छ । सो संस्करणमा आकर्षक डिजाइन, नयाँ प्रविधि र ओबीडी२बी प्रदूषण मापदण्ड अनुसारको इन्जिन समावेश गरिएको छ।
नयाँ अपाचे आरटीआर २०० ४ भीमा १९७.७५ सीसी क्षमताको इन्जिन दिइएको छ, जसले २०.८ पीएस पावर र १७.२५ एनएमको टर्क उत्पादन गर्छ ।
सो बाइकमा अब ३७ एमएमको अपसाइड डाउन फ्रन्ट सस्पेन्सन, हाइड्रोफर्म्ड ह्यान्डलबार, तीन फरक राइडिङ मोड, ड्युअल च्यानल एबीएस, स्मार्ट एक्सकनेक्ट सिस्टम, भ्वाइस असिस्ट, ब्लुटुथ कनेक्टिभिटी, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प र डे टाइम रनिङ लाइट जस्ता फिचर उपलब्ध छ ।
अपाचे आरटीआर २०० ४भी सन् २०१६ मा पहिलो पटक लन्च गरिएको थियो । सो बाइकमा सेगमेन्टमै पहिलोपटक राइडिङ मोड, रेस ट्युन्ड स्लिपर क्लच, रियर लिफ्ट–अफ प्रोटेक्शनजस्ता सुविधा ल्याएको थियो। कम्पनीले आगामी दिनमा पनि यसमा थप सुधार गर्ने संकेत पनि दिएको छ।
सो बाइकको मूल्य १ लाख ५३ हजार ९९० भारु निर्धारण गरिएको छ। बजारमा यसले बजाज पल्सर एनएस२०० र यामाहा एफजेड२५ सँग प्रतिस्पर्धा गर्नेछ।