stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बिएमडब्लु कारको गुणस्तर नियन्त्रणमा एआईको प्रयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विश्वभर चर्चा पाएको छ । डेटा विश्लेषण गर्नेदेखि यथार्थपरक तस्बिर तथा भिडियोहरू सिर्जना गर्ने र रोगहरूको निदान गर्नेसम्मका कार्यहरु एआईको प्रयोग मार्फत हुँदै आएको छ ।  अटोमोबाइल क्षेत्रमा पनि यसको प्रयोग व्यापक बन्दै गएको छ ।

जर्मन कार निर्माता बिएमडब्लुले आफ्ना सवारीसाधनहरूको गुणस्तर सुधार गर्न एआई प्रयोग गरिरहेको छ । जर्मनीको रेजेन्सबर्गमा रहेको प्लान्टले ‘जेन एआईफोरक्यू’ नामक पाइलट परियोजना नै सञ्चालन गरी सवारी साधनको गुणस्तर नियन्त्रणलाई पहिलेभन्दा छिटो र भरपर्दो बनाउन थालेको हो ।

यो नयाँ प्रविधिले प्रत्येक दिन निर्मित १ हजार ४०० हाराहारी सवारी साधनको निरीक्षण गर्दै आएको छ । प्लान्टमा हरेक ५७ सेकेन्डमा एउटा नयाँ कार एसेम्बली लाइनबाट बाहिर निस्कन्छ ।

हालका लागि बिएमडब्लुले सुरु गरेको यो नयाँ प्रबिधीलाई भोलिका दिनमा अन्य अटो निर्माताले समेत प्रयोगमा ल्याउने सहजै अनुमान गर्न सकिन्छ ।

यो नयाँ प्रविधि बिएमडब्लु र म्युनिखमा रहेको स्टार्टअप कम्पनी डाटागन एआईले संयुक्त रूपमा विकास गरेको हो । यो प्रविधिले सवारी साधनको मोडेल र स्थापित उपकरणदेखि सम्बन्धित उत्पादन जानकारीसम्मको ठूलो मात्रामा डेटाको विश्लेषण गर्दछ ।

prabhu mahalaxmi
kumari bank
kumari