sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नयाँ लुक र प्रविधिसहित होन्डाको नयाँ डियो १२५

Nimb long ad
Prabhu Insurance Long Ad

होन्डाले नयाँ डियो १२५ स्कुटर भारतीय बजारमा लन्च गरेको छ। सो स्कुटर आकर्षक डिजाइन र आधुनिक सुविधाले सुसज्जित छ । नयाँ डियो १२५ दुई भेरिएन्टमा उपलब्ध छ, जसमा डियो १२५ डीएलएक्स र डियो १२५ एच–स्मार्ट समावेश छन् ।

कम्पनीले यस स्कुटरलाई नयाँ प्रविधि र विशेषता सहित प्रस्तुत गरे पनि यसको मौलिक पहिचानलाई कायम राखेको छ ।

नयाँ डियो १२५ मा पुरानो लुकलाई निरन्तरता दिइए पनि यसको स्वरूप पहिलेभन्दा धेरै आकर्षक र स्टाइलिश बनाइएको छ। स्कुटर ५ विभिन्न रङगमा उपलब्ध छ । स्कुटरमा नयाँ ग्राफिक्सको प्रयोग गरिएको छ, जसले यसको सम्पूर्ण डिजाइनमा थप आधुनिकता प्रदान गरेको छ।

फिचरका लागि यसमा माइलेज सूचक, ट्रिप मिटर, इको सूचक र रेन्ज अर्थात डिस्टेन्स टु एम्पटी जस्ता महत्वपूर्ण जानकारी देखाउने नयाँ ४.२ इन्चको टीएफटी डिस्प्ले जडान गरिएको छ ।

साथै स्कुटरमा होन्डाको रोडसिंक एप सपोर्ट पनि उपलब्ध छ, जसको सहायताले राइडरले नेभिगेसन, कल र म्यासेज अलर्ट जस्ता सुविधा सजिलै प्रयोग गर्न सक्छ। यसमा स्मार्ट की सिस्टम र यूएसबी टाइप–सी चार्जिङ पोर्टको सुविधा पनि समावेश गरिएको छ ।

नयाँ होन्डा डियो १२५ स्कुटर शैली र प्रविधिको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ। स्कुटरमा १२३.९२ सीसी क्षमताको सिंगल–सिलिन्डर पीजीएम–एफआई इन्जिन जडान गरिएको छ, जसले ६.११ किलोवाट पावर र १०.५ एनएमको पीक टर्क उत्पादन गर्छ । यसमा एक उन्नत आइडलिङ स्टप सिस्टम पनि छ, जसले इन्धन बचत गर्छ।

gold
prabhu bank
nawakantipur long