sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नयाँ किया सेल्टोस २०२६ मा अपडेटेड डिजाइन र उन्नत सुविधा सहित लन्च हुने

Nimb long ad
Prabhu Insurance Long Ad

कियाले हाल दोस्रो पुस्ताको सेल्टोसमा काम गरिरहेको छ । रिपोर्टका अनुसार कम्पनीले २०२६ मा नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ, जसमा केही कस्मेटिक परिवर्तन र आधुनिक सुविधा समावेश हुनेछ ।

​लिक भएको तस्बिर अनुसार नयाँ सेल्टोसको एक्टेरियर डिजाइनमा किया ईभी ५ बाट प्रेरित टेललाइट देख्न सकिन्छ, जसले परम्परागत र आधुनिक शैलीको संयोजन प्रस्तुत गर्छ। यसमा पछाडिको बुटसम्म फैलेको लामो टेल लाइट हुनेछ ।

नयाँ मोडल अलि लामो हुने अपेक्षा गरिएको छ । साथै नयाँ अलोय ह्विल डिजाइनले एसयूभीलाई थप आकर्षक बनाउनेछ। दोस्रो पुस्ताको सेल्टोसमा अझ आरामदायी सिट तथा पुनःडिजाइन गरिएको रियर सिट हुनेछ ।

रिपोर्टका अनुसार नयाँ सेल्टोसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल ड्राइभर डिस्प्ले र ५ इन्चको क्लाइमेट कन्ट्रोल स्क्रिन समावेश हुनेछ।

यसमा प्यानोरामिक सनरुफ, वायरलेस स्मार्टफोन चार्जिङ, ड्युअल(जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र इलेक्ट्रिकल्ली एडजस्टेबल भेन्टिलेटेड फ्रन्ट सिट हुने सम्भावना छ। सो फिचरले नयाँ सेल्टोसलाई थप आरामदायी र प्रविधिमैत्री बनाउनेछ ।

 

gold
nawakantipur long