sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

यमाहाले ल्यायो रोमाञ्चक पुरस्कार सहितको ‘थ्रिल अफ थ्री’ अफर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यामाहा नेपालले नयाँ वर्षको अवसरमा रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ सार्बजनिक गरेको छ । यामाहाका फ्यानलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किम रहेको कम्पनी भनाई छ ।

कम्पनीका अनुसार, स्किम यामाहा मोटरसाइकल र स्कुटरको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो । ‘थ्रिल अफ थ्री’ अन्तर्गत सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरी तत्काल १ हजार रुपैयाँ जित्न सकिनेछ ।

यसैगरी, नजिकैको यामाहा डिलरशिपमा गई आफुले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाई ५० हजारसम्मको नगद पुरस्कार र योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गरी १ लाखसम्मको नगद पुरस्कार समेत जित्न सकिनेछ ।

ग्राहकको लागि नगद पुरस्कारको साथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू समेत प्रदान गर्ने जनाएको छ । जसअन्तर्गत, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा शुल्य प्रतिशत ब्याजको ईएमआई जस्ता लाभ सामेल गरिएको छ ।

gold
nawakantipur long