stcnepal long ad
ime life insurance
global ime bank long

एमजीको सस्तो इलेक्ट्रिक कार कमेट नयाँ फिचर सहित लन्च

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ संस्करण ब्ल्याकस्टोर्म एडिसन लन्च गरेको छ । सो कार नयाँ फिचर र आकर्षक लुक्सका साथ प्रस्तुत गरिएको छ । यसको सुरुवाती मूल्य ७ लाख ८० हजार भारु रहेको छ ।

यसमा १०।२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ४–स्पिकर साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर समावेश गरिएको छ । साथै सेफ्टीका लागि एलईडी हेडलाइट र टेललाइट, रियर पार्किङ क्यामेरा समावेश छ ।

ब्ल्याकस्टोर्म एडिसनमा १७.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ, जसले फुल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

कम्पनीले एमजी कमेट ब्ल्याकस्टोर्म एडिसनमा ब्याट्री र इलेक्ट्रिक पावरट्रेनका लागि ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।

कम्पनीले यसको बुकिङ पनि खुल्ला गरेको छ । यसको लागि ११ हजार भारुमा बुक गर्न सकिन्छ ।

prabhu mahalaxmi
kumari