citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

फिचर अपडेट भएर आयो स्कोडा कुशाक र स्लाभिया, मूल्य पनि परिमार्जित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

२०२५ को स्कोडा कुशाक र स्लाभिया लन्च गरिएको छ। कम्पनीले यसको बेस लेवल ट्रिममा नयाँ फिचर र पार्टस थपेको छ, जसले ग्राहकहरूलाई थप कनेक्टिभिटीको साथ राम्रो अनुभव प्रदान गर्नेछ ।

साथै कम्पनीले स्कोडा कुशाक र स्लाभियाको मूल्य पनि परिमार्जन गरेको छ । अब स्कोडा स्लाभिया क्लासिक ट्रिमको एक्स–शोरूम मूल्य १० लाख ३४ हजार भारु र कुशाकको क्लासिक ट्रिमको मूल्य १० लाख ९९ हजार भारुबाट सुरु हुने बताइएको छ ।

नयाँ स्कोडा कुशाक बेस क्लासिक ट्रिममा नयाँ कनेक्टिभिटी फिचर दिइएको छ । यसबाहेक कुशाक सिग्नेचर ट्रिममा पनि धेरै परिवर्तनहरू गरिएको छ।

यसमा १७ इन्चको अलोय ह्विल, इलेक्ट्रिक सनरुफ, अटो–डिमिङ आईआरभीएम, रियर फग लाइट, रेन–सेन्सिङ वाइपर जस्ता फिचर प्रदान गरिएको छ। साथै कुशाकलाई ५ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी पनि दिइँदैछ।

नयाँ स्कोडा स्लाभियाले क्लासिक ट्रिममा स्ट्यान्डर्ड फिचरको रूपमा कनेक्टिभिटी पनि प्रदान गरेको छ । साथै यसको सिग्नेचर ट्रिममा धेरै अपग्रेड पनि दिइएको छ ।

यसको सिग्नेचर ट्रिममा एलईडी हेडलाइट, एलईडी डीआरएल, इलेक्ट्रिक सनरुफ, रेन–सेन्सिङ वाइपर र अटो–डिमिङ आईआरभीएम जस्ता फिचर छ । साथै स्लाभियालाई ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी पनि दिइँदैछ।

gold
himalayan life insurance long ad
kumari bank