stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल इन्स्योरेन्सको ७६ औँ वार्षिक साधारण सभा चैत १९ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १९ गते ७६ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पेश गरिनेछ।

साथै चुक्ता पूँजीको ४० प्रतिशत (पछि संशोधन हुन सक्ने) हकप्रद शेयर र बोनस शेयर जारी गरेपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सामािजक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
साधारण काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

prabhu mahalaxmi
kumari