stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

ईभी किन्न अव ६० प्रतिशत मात्रै कर्जा पाइने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय गाडीमा कडाई गरेको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै विद्युतीय गाडीको कर्जा सीमा घटाएको हो ।

यसअघि विद्युत गाडीमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । तर, केन्द्रिय बैंकले विद्युतीय गाडीको कर्जा मूल्याङ्कन अनुपात घटाएर ६० प्रतिशत कायम गरेको छ ।

यद्यपि, विद्युतीय गाडीको कर्जा मूल्याङ्कन अनुपात घटाएता पनि आईसीई इन्जिन अर्थात् पेट्रोल–डिजेल लाग्ने गाडीको भने बढाएको छ ।

आइसीई इन्जिन गाडीमा अब ६० प्रतिशत पाइनेछ । जबकि, यसअघि ५० प्रतिशत कर्जा पाइने व्यवस्था रहेको थियो ।

मौद्रिक नीतिको समिक्षा मार्फत भनिएको छ,‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ ।’

prabhu mahalaxmi
kumari