stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न

नेपालमै उत्पादन थालिएको घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं– दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता सत्यदिप इन्टरनेश्नलले ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गान्दार आयल रिफाइनरी र सत्यदिप ग्रुपले दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन थालिएको घोषणा समेत गरे ।

सोमबार ललितपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक समिर पारेख, सेल्स हेड सिल्भानस परमार, नेपाल अटो मोकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र सत्यदिप इन्टरनेश्नलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्र लगायतको उपस्थिती रहेको थियो ।

१०० भन्दा बढि रिटेलर र मेकानिक्स सहभागी कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर र उपलब्ध प्रोडक्ट रेन्जका बारेमा जानकारी गराइएको थियो । सो अवसरमा गान्दार आयल रिफाइनरीका सेल्स हेड सिल्भानस परमारले दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर, यसको विशेषता र नेपालमै उत्पादन थाल्नुको महत्वबारे प्रकाश पारे ।

पेट्रोलियम प्रोडक्ट उत्पादनमा विश्वकै अग्रणी मध्ये एक दिब्योल लुब्रिकेन्ट्स हाल विश्वका १०६ भन्दा बढी देशमा बिक्री हुँदै आएको उनको भनाई थियो ।

‘दिब्योलले हाल भारत, यूएई र नेपालमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । हामीसंग विश्वकै उत्कृष्ट फर्मूलेसन तथा रिसर्च एण्ड डेभ्लपमेन्ट सुबिधा छ ।

गुणस्तर अब्बल भएकै कारण मर्सिडिज बेन्ज, भोल्भो र अतुलजस्ता विश्व प्रख्यात ब्रान्डले दिब्योललाई आफ्नो सवारी साधनमा प्रयोग गर्न सिफारिस गरेका छन् । हामीसंग लुब्रिकेन्ट्सका साथै अटो केयर प्रोडक्ट समेत उपलब्ध छ’ परमारले भने ।

सुलभ मूल्यमा गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराएकै कारण आजका दिनमा दिब्योलको बजार विश्वभर विस्तार हुन सकेको उनले जिकिर गरे । नेपाली उपभोक्तालाई मूल्यमा थप सहुलित दिन र पहुँच विस्तार गर्ने हेतुले आफूँहरुले सत्यदिप ग्रुपसंग मिलेर नेपालमै यसको उत्पादन थालेको उनको भनाई छ ।

सत्यदिप ग्रुपका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले गान्दार आयल रिफाइनरीकै फर्मूलेसनमा आधारित भएर यसको उत्पादन नेपालमा गरिएको जानकारी गराए ।

उनले भने, ‘हामीले यसको सिन्थेटिक आयल बाहेक अधिकांश उत्पादन स्वदेशी उद्योग युनाईटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजमार्फत गर्दै आएका छौ । जुन प्लान्टबाट भिडोल र नेपाल गोल्ड लुब्रिकेन्ट्स समेत उत्पादन भइरहेको छ ।’

आफ्नै उद्योगबाट उत्पादन हुने हुँदा बजारको माग अनुसार ग्रेड र प्याक साइज उपलब्ध गराउन कुनै समस्या नरहेको उनले बताए ।

मिश्रका अनुसार सत्यदिप ग्रुपले नेपालकै सबैभन्दा ठूला र अत्याधुनिक लुब्रिकेन्ट्स प्लान्ट स्थापना गरेको छ । यस प्लान्टमा गुणस्तर जाँचका लागि सुबिधासम्पन्न ल्याबको समेत ब्यवस्था गरिएको छ ।

prabhu mahalaxmi
kumari