stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली अटोमोबाइल क्षेत्रका अनुभवी व्यवसायीहरुले बजारमा ल्याए नयाँ नेपाली लुब्रिकेन्ट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा नयाँ नेपाली लुब्रिकेन्ट आरएपीएल (RAPL) बिक्री–वितरणका लागि उपलब्ध भएको छ ।  लामो समय देखि पार्ट्स व्यवसायमा संलग्न प्रतिष्ठित कम्पनी रिता अटोमोबाइल्स सहित ७ सेयरधनी संलग्न रहेको रिता अटोमोटिभ प्रा.लि.ले ‘आरएपीएल’ नामक लुब्रिकेन्ट बजारमा उपलब्ध गराएको हो ।

रुपन्देहीको देवदह–१२ मा रिता अटोमोटिभको प्लान्ट रहेको छ । लगभग १५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो प्लान्टबाट मासिक रुपमा १०० टन सम्म लुब्रिकेन्ट उत्पादन गर्ने क्षमता छ । बजारको माग अनुसार यसको क्षमता २०० टन सम्म बढाउन सकिने कम्पनीको भनाइ छ ।

रिता अटोमोटिभले इन्जिन आयल, गियर आयल, हाइड्रोलिक आयल, ग्रिज र अन्य इन्डष्ट्रियल आयल उत्पादन गर्छ । यस अनुसार २५० मिलिलिटर देखि २१० लिटर सम्मका प्याक साइजमा यी लुब्रिकेन्ट उपलब्ध हुन्छन् ।

कम्पनीले भारतको विश्वासिलो कम्पनीबाट उत्पादित भर्जिन बेस आयल लगायतका कच्चा पदार्थको प्रयोग गर्ने बताएको छ । प्लान्टमा आवश्यक उपकरण सहित उच्च प्रविधिको प्रयोगशाला रहेको छ ।

दक्ष प्राविधिकहरुको निगरानीमा लुब्रिकेन्ट उत्पादन गरिने र यसका लागि वरिष्ठ प्राविधिकहरुले गुणस्तर नियन्त्रणको कार्य गर्छन् ।

१२ करोड रुपैयाँको लगानीमा सञ्चालन भएको सो कम्पनीमा एउटा प्रत्यक्ष विदेशी लगानी (FDI)समेत रहेको बताइएको छ । उत्पादन विस्तारको क्रममा प्याकेजिङ र कच्चा सामग्रीको लागि थप ५ करोड रुपैयाँको विशेष लगानी गरिएको छ ।

रिता अटोमोटिभ प्रालिको नामबाट लुब्रिकेन्टको ब्रान्ड नेम आरएपीएल राखिएको हो । अटोमोबाइल व्यवसायमा करिव ३० वर्षको अनुभव भएका सेयरधनीहरुको सहकार्यमा स्थापना भएको यो कम्पनी अन्तर्गतका सेयरधनीहरुले एक हजार थोक तथा खुद्रा बिक्रेताहरुसँगको प्रत्यक्ष सञ्जालमा रहेर काम गरिरहेको बताएका छन् ।

यो समूह रिता ग्रुपको नामले परिचित रहेको र ग्रुपको विश्वास तथा अनुभवका कारण नै प्लान्ट स्थापना गरिएको रिता अटोमोटिभ प्रालिका अध्यक्ष नवराज भुसालले बताए ।

भविष्यमा अन्य अटोमोबाइल कम्पोनेन्ट समेत उत्पादन गर्ने र उत्पादनको दायरा थप फराकिलो पार्ने उनको भनाइ छ ।

नेपाली बजारमा दर्जनौ ब्रान्डका विदेशी र केही स्वदेशी लुब्रिकेन्ट समेत उपलब्ध भएको समयमा अब नयाँ ब्रान्डको रुपमा आरएपीएल उपलब्ध भएको छ ।

हालै बजारमा उपलब्ध भएकाले कम्पनीले काठमाडौंका साथै पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज, दाङ, वीरगन्ज, हेटौंडा, बर्दिवास र इटहरी लगायतका स्थानमा डिलर आह्वान समेत गरेको छ ।

IME Lifesidebar
kumari